रामेछापमा सुमो दुर्घटनामा चालकको मृत्यु, वडा अध्यक्ष घाइते

प्रकाशित मिति:

रामचन्द्र वि क रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँमा सुमो दुर्घटना हुँदा सुमो चालकको ज्यान गएको छ भने दुरागाउँका वडा अध्यक्ष घाइते हुनुभएको छ ।

शनिबार बिहान दुरागाउँबाट दुरागाउँकै फेदी तर्फ जाँदै गरेको ना ४ च ६२०५ नं। सुमो दुर्घटनामा चालक दुरागाउँकै क्याल्बु तामाङको घटना स्थलमै मृत्यु भएको लिखुतामाकोशी गाउँपालिका वडा नं। २ का वडा अध्यक्ष पदम तामाङले जानकारी दिनुभयो । वडा अध्यक्ष तामाङका अनुसार सुमोमा सवार लिखुतामाकोशी गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष निमङमर तामाङ घाइते हुनुभएको छ । घाइते वडा अध्यक्षलाई उपचारको लागि सदरमुकाम मन्थली तर्फ ल्याइदै छ । शनिबार बिहान करिब साँढे सात बजेको समयमा सुमो उकालो सडक चढ्ने क्रममा सडकबाट करिब ५० मिटल तल खसेको थियो । सुमोमा चालक र वडा अध्यक्ष मात्रै रहेकाले ठूलो मानविय क्षेति भएको छैन् । दुर्घटना के कारणले भयो भन्ने बिषयमा प्रहरी दुर्घटना स्थलमा पुगेर नुसन्धन गरीरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रबक्ता शेख अदालतले जानकारी दिनुभयो ।नेपालसमाचारपत्र वाट साभार