रोटरी क्लब अफ बुटवलको १२६६ औ नियमित वैठक

प्रकाशित मिति:

बुटवल । रोटरी क्लब अफ बुटवलको १२६६ औ नियमित वैठक तथा धन्यवाद ज्ञापन समारोह बुटवलमा सम्पन्न भएको छ । रोटरी वर्ष २०१८÷१९का अध्यक्ष डा नारायण प्रसाद पन्थको कार्यकाल समापनको अन्तिममा एक वर्ष सम्म क्लबलाई सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापनको लागी आयोजित कार्यक्रम बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले विरुवामा जलसेचन गरी उद्घाटन गर्नु भएको थियो । सो अवसरमा मेयर सुवेदीले रोटरी अभियान विशुद्ध सामाजिक अभियान भएको आफूलाई लागेको बताउनु भयो । मेयर सुवेदी रोटरी क्लब अफ बुटवलको मानार्थ सदस्य हुनुहुन्छ ।

कार्यक्रममा अध्यक्ष डा पन्थले रोटरीलाई सफल बनाउनको लागी विभिन्न संघ संस्था सबै रोटरीयन गैर रोटरीयनहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै आभार व्यक्त गर्नु भएको थियो । उहा“ले क्लबलाई आगामी दिनमा पनि योगदान दिन सक्रियभई लाग्ने प्रतिवद्धता समेत जनाउनु भयो । क्लबका पुर्व अध्यक्ष तथा न्यू क्लब डेभलपमेण्ड चेयर अजयमान श्रेष्ठले रोटरीको अभियानमा विभिन्न संघ संस्था, रोटरीयनको साथ र सहयोगले रोटरी क्लब अफ बुटवलको गरिमा उचो रहेको बताउनुभयो । क्लबका प्रेसिडेण्ट इलेक्ट एवं वर्ष २०१९÷०२०का अध्यक्ष डिल्ली कुमार श्रेष्ठले सामाजिक कार्यमा रोटरीको भूमिकाको विषयमा चर्चा गर्दे आगामी दिनमा पनि सहकार्य र सहयोगलाई निरन्तरता दिनेमा विश्वास व्यक्त गर्नु भयो ।

प्रेसिडेण्ट नोमिनी सुनिल श्रेष्ठले एक वर्षमा क्लबले तुलनात्मक रुपमा राम्रो काम गर्न सफल भएको बताउदै आगामी दिनमा सवैको साथ रहने बताउनु भयो । सो अवसरमा क्वललाई विभिन्न क्षेत्रवाट सहयोग पु¥याउनु हुने व्यक्ति संस्था, रोटरीयन, वोर्ड सदस्यहरु पदाधीकारीहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको सचिव दया भण्डारीले जानकारी दिनुभयो । रोटरी इन्टरनेश्नल डिष्ट्रिक्ट ३२९२ नेपाल भूटान जोन १९का एजी एवं रिजनल कोअडिनेटर कमिटीका रिजन ५का चेयर कृष्ण प्रसाद अर्याल, क्लबका पुर्व अध्यक्षहरुको विशेष उपस्थितीमा भएको कार्यक्रममा एसइइमा उत्कृष्ट नतिजा ल्याउने रोटरी क्लब अफ बुटवलमा आवद्ध रोटरीयनहरुको छोराछोरीहरुलाई सम्मान गरिएको थियो । रोटरी क्लब अफ बुटवल यस क्षेत्रको स्थापित पुरानो क्लब हो ।