गैडहवामा अग्नि पिडितलाई राहत बितरण

प्रकाशित मिति:

गैडहवा-गैडहवामा आगलागीवाट घरबार बिहिन घरपरिवारलाई आज एक कार्यक्रम गरि मायादेबी चेरिटेबल फाउण्डेशनले राहत उपलब्ध गराएको छ।गत जेठ २३ गते आगलागिबाट क्षतिग्रस्त गैडहवा गाउपालिका वार्ड नं।२ स्थित खडैचहवाका अग्नि पिडितहरुलाई सिद्धार्थ नगरपालिका रुपन्देहीको मायादेबी चेरिटेवल फाउण्डेशनले ७८ थान जस्तापाता उपलब्ध गराई राहत बितरण गरेकोछ।सामाजिक अभियान्ता मोहम्मद इस्लामको पहल र समन्वयमा फाउण्डेशनका संस्थापक रबि कुमार रौनियारले अग्नी पिडितहरुको गाउमै गै सो राहत प्रदान गर्नु भएको हो।

अग्नि पिडितहरुलाई जस्तापाता प्रदान गर्दै फाउण्डेशनका संस्थापक रबि कुमार रौनियारले हरेक कुराहरुमा सरकारको मात्र आस गर्नु भन्दा हामी स्वयमले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्नु सबै भन्दा ठुलो धर्म भएको उल्लेख गर्नु भएकोछ।कुनै पनि बिपत्ती बाजा बजाएर नआउने तर कुनै पनि समयमा बिपत्ती आइ पर्न सक्छ भन्ने कुरालाई मनमा राखी सुरक्षाका उपाय र साधनहरुलाई होसियारपुर्बक उपयोग गर्न सकेमा मात्र पनि ठुलो र मानबिय क्षति बाट बचाउन सकिने बताउदै सुबिधा सम्पन्नर शहरमुखि ठाउहरुमा भन्दा ग्रामिण क्षेत्रमा अशक्त असाहय र दिनदुखिहरु हुने भएकोले मानव सेवा दुर्गम क्षेत्रमा गर्नु पर्नेमा जोड दिनु भएकोछ।

सुबिधा सम्पन्न अनाथलयहरुमा सबैकुरा प्रयाप्त छन तर दाताहरु सुबिधा र श्रोत साधन परिचालन हुन सक्नेमा मात्र केन्द्रित हुदा धेरै अनाथलय र असाहयरुले सेवा पाउन नसकेको अवस्था छ।तसर्थ हामीले गाउमै आई वास्तविक पिडितहरुलाई राहत उपलब्ध गराउन पाएकोमा खुशी ब्यक्त गर्नु भयो।यसैगरी सामाजिक अभियान्ता मोहम्मद इस्लामले स्थानिय सतकारले पिडितलाई आवस्यक राहत दिन नसकेको र बर्षाको समय लागेको छ पिडितहरु खुल्ला आकाशमा रात बिताउनु परेकोछ।बर्षातको बेला छिमेकीकोमा बाँस बस्नु परेको छ यो अवस्थामा गाउपालिकाले पिडितहरुलाई कम्तीमा घाम र पानीमा ओट लाग्ने ठाउ बनाइदिनु पर्ने बताउनु भएको छ ।

गैडहवा गाउपालिका वार्ड नं. २ का वडा सदस्य अबदुल कलाम खांले अग्नी पिडितहरुलाई प्रति घर राहत स्वरुप १०/१० हजार उपलब्ध गराएको र घर बनाउनको लागि सामुदायिक बनहरु संग काठको लागि समन्वय भैरहेको बताउनु भएको छ। राहत बितरण कार्यक्रममा फाउण्डेसनका अध्यक्ष राम स्वाहरत गुप्ताको समेत उपस्थिति रहेको थियो ।गत जेठ २३ गते राम कुमार धोबी,रामजीत धोबी,सन्जीत धोबीको घरमा दिउसको समयमा एक्कासी आगो लागेर तिन घरपरिवारको घर गोठ जलेर घरमा भएका लत्ता कपडा,खाध्यान्न तथा नगद जलेर नष्ट भएको थियो।आगलागि भए लगत्तै स्थानिय समाजसेबी मोहम्मद इस्लामले सामाजिक सञ्जाल फेसबुक मार्फत राहतको लागि आव्हान गर्नु भएको थियो।