सुनगाभामा सम्मान्न तथा शुभकामना आदान प्रदान सम्पन्न

प्रकाशित मिति:

सैनामैना –रुपन्देहीको सैनामैनामा रहेको सुनगाभा पब्लिक माध्यमिक विद्यालयले आज एसईई परिक्षामा उत्तीण हुन सफल विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरुलाई सम्मान्न गरेको छ । विद्यार्थीहरुलाई थप हौसला प्रदान गर्नको लागि अभिभावकसँगै सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । २०७५ सालको एसईई परिक्षामा बिनिता कार्कीले ३.९ जिपिए अंक ल्याएर विद्यालयमा उत्कृष्ट भएको विद्यालयका प्रिन्सिपल तिलब केसीले जानकारी दिनुभयो ।

त्यस्तै ६ जना विद्यार्थीले ए प्लस , ३७ जनाले ए , १८ जनाले वि प्लस , ११ जनाले वि र ३ जनाले सि प्लस ल्याउँन सफल भएको उँहाले जानकारी दिनुभयो । शनिबार विद्यार्थी र अभिभावकलाईसँगै राखेर विद्यार्थीको मनोबल उच्च राख्नको लागि सम्मान तथा शुभकामना आदाना प्रदान गरिएको केसीले बताउँनुभयो । कार्यक्रममा शुभकामना दिने बक्ताहरुले विद्यार्थीले घर परिवार र आफ्नो क्षमता अनुसार विषय रोज्नको लागि विद्यार्थीहरुलाई आग्रह गरेका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिमला अर्यालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा विद्यालयका प्रमुख सल्लाहाका कृष्ण पंगेनी , शिक्षक जिवनाथ न्यौपाने , विद्यार्थी बिनिता कार्की लगायतले बोलेका थिए