वार्षिक कार्ययोजना सम्वन्धी छलफल

प्रकाशित मिति:

बुटवल-रोटरी क्लब अफ बुटवलको वर्ष २०१९÷२०को वार्षिक कार्ययोजना सम्वन्धमा रोटरी सामुदायिक केन्द, रोट्याक्ट, इन्टयाक्ट तथा इनरह्वीलसंग छलफल भएको छ ।शनिबार बुटवलमा भएको छलफलमा महिलाहरुले महिला शक्तिकरणमा जोड दिन सुझाव दिएका थिए भने सामुदायिक केन्द्रका प्रतिनिधीहरुले समुदाय केन्द्रिय योजना ल्याउन सुझाव दिनु भएको थियो

रोटरी क्लब अफ बुटवल वर्ष २०१९÷२० का अध्यक्ष डिल्लीकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रोम शर्माले वार्षिक कार्ययोजनावारे जानकारी गराउनु भएको थियो । इन्ट्याक्ट एडभाईजर कृष्ण प्रसाद पराजुली, आरसिसि भाटाका अध्यक्ष खेम पुन, रोट्याक्ट एडभाइएजर वोनिन पियाले सहकार्यवाटै क्लबको कार्ययोजना सफल हुने बताउनु भएको थियो । कार्यक्रममा वर्ष २०१८÷१९का अध्यक्ष डा नारायण प्रसाद पन्थले रोट्याक्ट, इन्ट्याक्ट, आर सिस, इनरह्विलको सहयोगले वार्षिक कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्ने बताउनु भयो । कार्यक्रममा सह सचिव शिवकुमार ज्ञवालीले सुझावलार्य टिपोर्ट गरी सहजीकरण गर्नु भएको थियो ।रोटरी क्लब अफ बुटवल अन्तर्गत ६ वटा इन्टयाक्ट क्लब, ३ वटा रोट्याक्ट क्लब, ३ वटा आरसिसि र इनरह्विल क्लब क्रियासिल छन ।