प्रहरी फोर्ससँग डान्स गर्दै सलमान

प्रकाशित मिति:

एजेन्सी -बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ ५ जुनबाट दर्शकमाझ रिलिजमा आएको थियो । फिल्मले बक्स अफिसमा कमाल गरिरहेको छ । अभिनेता खानको ‘दबंग–३’ पनि यो वर्षनै रिलिज हुने भएको छ । ‘दबंग–३’लाई पहिलो र दोस्रो पार्ट भन्दा बढी मनोरञ्जनात्मक बनाउनका लागि विषेश तयारी गरिएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार ‘दबंग–३’मा अभिनेता खानले प्रहरी फोर्सको साथमा एक डान्स गर्नेछन् । यस गीतको नाम ‘सिटी’ हुनेछ । सुत्रको भनाइ अनुसार ‘दबंग–३’को लागि एक गीत तयार गरिएको छ । उक्त गीतमा सलमानले प्रहरीहरुसँग डान्स गर्नेछन् ।त्यस्तै समाचारमा आए अनुसार अभिनेता खानले ‘दबंग–३’को गीत ‘मुन्ना बदनाम हुआ’मा पनि ठुम्का लगाउनेछन् । ‘दबंग–३’मा सलमानको अपोजिटमा अभिनेत्री सोनाक्षी सिन्हा देखिदै छन् ।दबांग खानको अघिल्लो दुवै पार्टमा पनि सोनाक्षी सिन्हानै देखिएकी थिइन् । यो फिल्ममा भिलेनको भूमिकामा कन्नड सुपरस्टार सुदीप हुनेछन् । फिल्मलाई प्रभुदेवाले निर्देशन गरिरहेका छन् ।