दुखद खबर कपिलवस्तुको मालपोत कार्यालयमा आगलागी, १० लाख बराबरको क्षति

१५ असार २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
159 Shares


कपिलवस्तु-भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । सदरमुकाम तौलिहवामा रहेको कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा आइतबार बिहान आगलागी भएको हो ।

विद्युत सर्ट भएर आगलागी भएको प्रहरी अनुमान छ । आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचर पुर्णरुपमा जली नष्ट भएका छन्।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराका अनुसार आगलागी बिहान ७स्४५ बाट ससरु भएको हो । ३० मिनेटपछि कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया