गैडहवाको सामूहिक बलात्कारका मुख्य अभियुक्त थारु पक्राउ

प्रकाशित मिति:

बुटवल-गैडहवा गाउंपालिका वडा नंं ८ मा दुई हप्ता अघि भएको सामूहिक बलात्कारका मुख्य अभियुक्त पक्राउ परेका छन् । गैडहवा गाउपालिका–८ का २२ वर्षिय विष्णु थारु चौधरी घटनाको दुई हप्तापछि रुपन्देहीकै सुर्यपुरा इलाकाबाट गएराति पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक शंकर पोखरेलले थारुलाई पक्राउ गरी थप अनुसन्धान थालिएको र चौधरीमाथि जबरजस्ती करणी कसूरमा मुद्दा चलाइने बताए ।

सो बलात्कार घटनामा संलग्न भएको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रमका गैडहवा गाउंपालिका संयोजक ३० वर्षिय जीवन ज्ञवाली यसअघि नै पक्राउ परेका छन् । असार २ गते साँझ गैडहवा ९ नागेश्वरीचोकको एक रेष्टुरेन्टमा विष्णु चौधरीसंगै दुई युवतीले समेत राति १० बजेसम्म मदिरा सेवन गरेर बसेका थिए । घर फर्कने बेला हसनापुरस्थित बोर्डिङ स्कूल नजिकको खेतमा चौधरीले एक युवतीमाथि बलात्कार गरेका थिए ।

एकजना बलात्कारमा परेपछि अर्की युवती गाउंमा पुगेर गुहार मागेकी थिइन् । गुहार दिन गाउंका युवाहरु लाठीसहित घटनास्थलमा पुगेपनि उनीहरुले संरक्षण दिनुको साटो आफै बलात्कारमा संलग्न भएका थिए । घटना सार्वजनिक हुंदा बलात्कारमा १४÷१५ जना संलग्न भएको बताइएपनि अध्यांरोमा मान्छे नचिनेकाले संख्या यकिन हुन नसकेको प्रहरीको भनाई छ । बलात्कार गर्ने मध्येमा जीवन ज्ञवाली र चौधरीलाई मात्र चिनेको युवतीहरुले प्रहरीलाई बयानमा बताएका प्रहरी निरीक्षक पोखरेलको भनाई छ ।

थप समाचार