एन्फाको विशेष साधारणसभा आजदेखि सौराहामा शुरु

३० श्रावण २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
4 Shares


३० साउन, चितवन । अखिल नेपाल फुटबल सङघ (एन्फा) को विशेष साधारणसभा आजदेखि सौराहामा शुरु भएको छ ।

विशेष साधारणसभा विधान संशेधनमा केन्द्रित हुनेछ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले विधान संशोधनको विषयलाई सूचीबाट हटाउन निर्देशन दिएपनि त्यसलाई एन्फाले पूर्णरूपमा स्वीकार नगर्ने देखिएको छ । देश सङ्घीय संरचनामा गएपछि त्यहीअनुसार आफ्नो ऐन–नियम बनाइरहेका कारण एन्फालाई तत्काल संरचनागत विषयमा कुनै निर्णय नगर्न राखेपले निर्देशन दिएको थियो ।

 

मंगलबार साँझ बसेको एन्फा केन्द्रीय समितिको बैठकले परिषद्को सुझावलाई ग्रहण गर्दै परिमार्जनसहितको विधान मस्यौदा साधारणसभामा प्रस्तुत गर्ने निर्णय गरेको प्रवक्ता किरण राईले जानकारी दिए । एन्फाले प्रदेश तदर्थ समिति गठन, जिल्ला, क्लबको मताधिकार, आर्थिक नियमावली, कर्मचारी नियमावली, एन्फा सञ्चालन नियमावली र एन्फाका अन्य अल्पकालीन र दीर्घकालीन योजना प्रस्तुत गर्ने तयारी गरेको छ ।

विशेष साधारणसभामा ४५ जिल्ला सङ्घ, १४ ए डिभिजन क्लब, नौ बी डिभिजन क्लब, पाँच सी डिभिजन क्लबबाट महिला, खेलाडी, प्रशिक्षक, रेफ्रीलगायत ३०० प्रतिनिधिको सहभागिता छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ