सम्झनामा चार वर्षअघिको त्यो ‘फोहोर’ असार १५

प्रकाशित मिति:

काठमाडौं – चार वर्ष अघि, असार १५ कै दिन । तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीको अस्वभाविक व्यवहारले धेरैको ध्यान तान्यो ।काठमाडौंको मुलपानीमा आयोजित धान रोपाईं कार्यक्रममा प्रमुख अतिथि बनेर गएका पराजुलीले स्थानीय महिलाहरुसँग अस्वभाविक हर्कत गरेका थिए । त्यो हर्कतलाई धेरैले ‘अश्लील’ मानेपछि पराजुलीले पदबाट राजीनामा दिन बाध्य भए ।

त्यो बेला प्रधानमन्त्री सुशील कोइराला थिए । सुशील कोइरालाको सरकारमा बामदेव गौतम गुटबाट पराजुलीलाई मन्त्री बनाइएको थियो ।धेरैले असार १५ लाई दहीचिउरा खाँदै, धान रोप्ने दिनका रुपमा बुझ्छन् । सम्भवतः हरि पराजुलीका लागि भने यो असार १५ सधै ‘ब्याड डे’ नै रहनेछ । किनभने उनले असार १५ मा गरेको हर्कतका कारण पदबाट राजनीनामा दिनु परेको थियो ।