गोरखामा जोत्दै गरेको अवस्थामा भेटिए बाबुराम

प्रकाशित मिति:

बुटवल – आज असार १५ गते अर्थात् ‘राष्ट्रिय धान दिवस’ । किसानले मानो रोपेर मुरी फलाउने ‘पर्व’का रुपमा लिइने आजको दिनमा सबैले हिलो टेक्नै पर्ने मान्यता पनि । यहि मान्यतालाई आत्मसात गर्नका लागि होला सायद, विभिन्न नेतादेखि उच्च पदस्त व्यक्तिहरु असार १५ का दिन रोपाइँ गर्न खेतमा पुग्ने गर्छन् ।

यसैबीच पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि गृहजिल्ला गोरखामा रोपाइँ दिवस मनाएका छन् । डा. भट्टराईले सामाजिक सञ्जालमा धान दिवस मनाएको तस्वीर शेयर गरेका छन् । जसमा उनी गोरु जोत्दै गरेको तथा खेतमा खन्दै गरेको देख्न सकिन्छ । थप तस्वीरमा हेर्नुहोस् डा. भट्टराईको धान दिवसःतस्वीरहरु डा‍. भट्टराईको फेसबूकबाट लिइएको हो