काठमाण्डौमा सम्झिए स्वर्गिय पंगेनीलाई देशले लोकतन्त्रवादी नेता गुमायो : श्रेष्ठ

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल   स्याङ्जा—३० साउन   नेपाली काँग्रेस स्याङ्जाका पाटी सभापति कमल पंगेनीको निधन भएको १२ औं दिनको श्रदाञ्जली सभा काठमाण्डौमा सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ स्याङ्जा काठमाण्डौ सम्पर्क समितिले आयोजना गरेको श्रदाञ्जली सभामा पंगेनीले पाटीमा खेलेको भुमिकाको चर्चा गरिएको थियो । श्रदाञ्जली सभामा वोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पंगेनीको निधनले स्याङ्जा मात्रै नभएर देशकै लोकतान्त्रिक नेता गुमाएको बताए । पंगेनीले काँग्रेस पाटीमा देखाएको भुमिकाको चर्चा गर्दै नेता श्रेष्ठले पंगेनीको निधनले काँग्रेस पार्टीलाई ठुलो क्षती भएको उल्लेख गरे । पंगेनीले विद्यार्थी राजनीतिबाट शुरु गरेको यात्रा काँग्रेसको जिल्ला सभापति सम्म पुगेर अन्त्य हुन पुग्यो नेता श्रेष्ठले भने,“पंगेनीले देखाएको बाटोलाई काँग्रेसले कहिल्यै भुल्ने छैन र अन्त्य हुन पनि दिने छैन ।” पार्टीले पंगेनीले देखाएको बाटोलाई अनुसरण गर्ने श्रेष्ठले बताए ।
पुर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले पछिल्लो समय सरकारले गरेका काम कारवाहि प्रति आक्रोसित हुदै सरकार अधिनायकको बाटोमा हिडेको जिकिर गरे । स्थानीय निकायमा मनपरी कर असुल्ने कार्यले जनताको ढाड सेकिएको भन्दै मनपरी कर नअसुल्न श्रेष्ठले सरकारलाई आग्रह गरे । उक्त श्रदाञ्जली सभामा नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य धनराज गुरुङ्ले स्याङ्जाको पार्टी संगठनका पहरेदार गुमाउनु परेको पिडाले काँग्रेस शोकमा डुवेको बताए । समकालिन राजनीतिक यात्राको स्मरण गर्दै नेता गुरुङ्ले पार्टीका कुशल संगठनकर्ता रहेका पंगेनीले पार्टीमा देखाएको भुमिका काँग्रेसले कहिल्यै नभुल्ने चर्चा गरे । पार्टीले कुशल सभापति र संगठनकर्ता गुमाउदाको शोकलाई शक्तिमा बदल्न सबै काँग्रेसहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य तथा पुर्व सांसद मोहनप्रसाद पाण्डेयले पंगेनीको पार्टीमा महत्वपुर्ण भुमीका रहेकाले आफुले पनी स्याङजा काग्रेसको नेतृत्वका लागी उहांलाई सहयोग गरेको भन्दै उहांको योगदानलाई सधै सम्झीरहने वताउनु भयो । , नेपाल महिला संघ कार्यबहाक अध्यक्ष सरस्वति तिवारी, नेपाली काँग्रेस सिन्धुपाल्चोक सभापति विकास लामा, नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरा, महामन्त्री कुन्दन काफ्ले, आनन्दराज त्रिपाठी, पुर्व महामन्त्री उमेशजंग रायमाझी, पुर्व सहमहामन्त्री बलदेव तिमिल्सिना, नेविसंघ पुर्व केन्द्रीय सदस्य युवराज पाण्डेय , प्रदेश नं. ४ नेपाल शिक्षक संघका उपाध्यक्ष भरत लम्साल लगायतका बक्ताहरुले स्वर्गिय पंगेनीले काँग्रेस पाटीमा गरेको योगदानको चर्चा गरेका थिए । कार्यक्रम नेपाल विद्यार्थी संघ स्याङ्जा काठमाण्डौ सम्पर्क समितिका सभापति दिपेनद्र खत्रीको अध्यक्षतामा सम्पन्न भएको पुर्व सभापति दिपक न्यौपानेले जानकारी दिए । पार्टी सभापति पंगेनीको साउन २० गते ह्ृदयघातका कारण स्याङ्जामा निधन भएको थियो । नेपाली काँग्रेस स्याङ्जाले स्वर्गिय पंगेनीको भदौ १ गते नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आथित्यतामा श्रदाञ्जली सभा गर्ने स्याङ्जा क्षेत्र नं. २ का सभापति अर्जुनप्रकाश अर्यालले जानकारी दिए । स्वर्गिय पंगेनीका परिवारलाई समवेदना व्यक्त गर्न काँग्रेसका नेता तथा विभिन्न जिल्लाका पाटी सभापति तथा शुभेच्छुकहरु स्याङ्जा भीरकोट स्थित पंगेनीको घरमा पुगेका थिए ।