ट्रम्पले किमलाई दिए अमेरिका भ्रमणको निम्तो

प्रकाशित मिति:

 एएफपी/ सिओल– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् ।दुई कोरियालाई छुट्याउने असैन्यकृत क्षेत्र डीएमजीमा दुई नेताबीच भएको वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले सर्वोच्च नेता किमलाई अमेरिका भ्रमणको निम्तो दिएका हुन् ।

यद्यपि भ्रमणको समय भने स्पष्ट भइसकेको छैन । दुई नेताबीच डीएमजीमा एक्लाएक्लै ५० मिनेट कुराकानी भएको थियो । कुराकानीका क्रममा द्विपक्षीय सम्बन्धलाई कायम राख्ने सहमति बनेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।