नवलपरासीमा जीर्ण भवन भत्किँदा वृद्धको मृत्यु

१५ असार २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


नवलपरासी – सुस्ता गाउँपालिका ३ मर्चहवामा जीर्ण अवस्थामा रहेको सार्वजनिक भवन भत्किँदा एक वृद्ध पुरुषको घटना स्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ६५ वर्षीय स्थानीय किशुन बिन रहेका छन्।

मृत्यु हुने बिन करिब एक महिनादेखि सोही सार्वजनिक भवनमा बास बस्दै आएका थिए। पूर्णरूपले जीर्ण अवस्थामा रहेको मर्चहवाको भवन गएराति वर्षाका कारणले भवनको छतमा सुतिरहेको बिनको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बिनको शव आवश्यक चेकजाँच गर्नका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा पठाइएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमल क्षेत्रीले जानकारी दिए। सार्वजनिक भवनमा पहिला शिव शम्भु आधारभूत विद्यालय रहेको थियो। विद्यालय सुस्ता ३ रेतामा संचालन भएपछि यो विद्यालय सार्वजनिक भवन बनेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…
  • लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मनरीमा सरोकावाला बीच…
  • ट्रकको ठक्कर बाट एकको मृत्यु