युवाहरुले युवतीको मन जित्न ध्यान दिनुपर्ने कुरा यस्ता छन् !

युवतीलाई आफ्नो मेसेजको रिप्लाई नगरेको या रिप्लाई गर्न किन ढिलो गरेको भनेर सोध्नु पनि राम्रो मानिन्न । यसरी प्रश्न सोध्दा युवतीले आफूलाई उसले आफूले के गरिरहेको छ भन्ने युवकले विचार गर्ने गरेको र पछी आफूलाई दवाउन सक्ने सम्भावना रहेको सोच्न सक्छिन् र युवकलाई नो भन्न सक्छिन् ।

प्रकाशित मिति:

एजेन्सी – पुरूषले महिलालाई आफूतिर आकर्षित गर्न कुरा गर्ने तरिका तथा आफू प्रस्तुत हुने तरिकाका बारेमा सजग हुनु जरूरी हुन्छ ।

सजग हुनुपर्ने केही टिप्सहरू यस्ता छन्…

– पहिलो भेटमा सकेसम्म युवतीलाई किस गर्ने कुरा मनमा नै नल्याउनु बेस । केही उदार देखिन युवतीले हुन्छ भनेपनि उनको मनमा के लाग्छ भने यो युवकमा महिलाप्रति आकर्षण छैन् र युवकले आफूलाई पछी वेवास्ता गर्न सक्छ भन्ने मनमा पर्छ । भविष्यमा उनले उक्त पुरूषलाई नो भनेर पर भाग्न सक्छिन् ।

– युवकले सुरूवातका भेटमा नै युवतीलाई डेटका लागि कतै (ठाऊँ नखुलाई) जाने प्रस्ताव गर्नुपनि उपयुक्त हुँदैन । युवतीले यस्ता युवकलाई पनि मन नपराउने सम्भावना बढी रहन्छ । यसको सट्टामा बरू हामी कतै फ्रेस हुने ठाऊँमा जाऊ न… तिम्रो मोबाइल नम्बर कति हो, हामी यो ठाऊँमा जान सक्छौ भनेर सोध्नु राम्रो मानिन्छ ।

– कहिल्यै पनि युवतीका अगाडि आफ्नो बारेमा फुर्ती लगाउनु हुँदैन । आफ्नो घर परिवार, गाडि, बंगलाका बिषयमा कुनै कुरा भन्नु राम्रो हुँदैन । युवतीलाई आकर्षित गर्ने नाममा गरिने यस्ता कार्यले झन् विकर्षण पैदा गर्न सक्छ ।

– सकेसम्म युवतीलाई तिमी रातमा के गर्दैछौ भनेर सोध्नु पनि राम्रो हुँदैन ।

– युवतीलाई आफू कस्तो लाग्यो, म मन परे की परिन जस्ता प्रश्न सोध्नु पनि हुँदैन । यसले युवतीले युवकमा आफैमा आत्मविश्वास छैन् भन्ने अड्कल काट्न सक्छिन् ।

– युवतीलाई आफ्नो मेसेजको रिप्लाई नगरेको या रिप्लाई गर्न किन ढिलो गरेको भनेर सोध्नु पनि राम्रो मानिन्न । यसरी प्रश्न सोध्दा युवतीले आफूलाई उसले आफूले के गरिरहेको छ भन्ने युवकले विचार गर्ने गरेको र पछी आफूलाई दवाउन सक्ने सम्भावना रहेको सोच्न सक्छिन् र युवकलाई नो भन्न सक्छिन् ।

– युवतीलाई कुनै पनि बेला कुनै पुरूषसँग सुतेको छ या छैन् भनेर सोध्नु हुँदैन । यसले युवतीलाई आफू असुरक्षित भएको महशुस गराउँछ ।

– युवतीका साथीका बारेमा नराम्रो कुरा नगर्नु राम्रो हुन्छ । सकेसम्म कहिल्यै नदेखेको साथीका बारेमा टिप्पणी गर्नु अझ नराम्रो हुन सक्छ ।

थप समाचार