के कारणले हुँदैछ पुरुष प्रजनन क्षमतामा ह्रास?

प्रकाशित मिति:

विगत केही वर्षयता भएका विभिन्न अध्ययनअनुसार पुरुषमा शुक्रकीटको संख्या घट्दो छ र त्यसको गुणस्तरमा पनि ह्रास आइरहेको छ। विशेषगरी अव्यवहारिक र अस्वस्थ जीवनशैलीका कारण प्रजनन् क्षमतामा कमी आएको हो।

युरोप तथा अमेरिकामा भएका अध्ययनअनुसार विश्वमा प्रत्येक वर्ष २ प्रतिशत पुरुषमा प्रजनन् क्षमतामा ह्रास आइरहेको पाइएको छ। यसरी पुरुषमा प्रजनन् क्षमता घट्दै जानुमा विभिन्न तनाव, रेडियसनको प्रभाव, धुमपान र मद्यपान, अनिद्रा, अस्वस्थ खानपान, अप्रत्यक्ष रुपमा रासानिक पदार्थका सेवन, मोवाइल तथा कम्प्युटरको अत्यधिक प्रयोग आदिलाई प्रमुख कारण मानिन्छ। यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।