लोक सेवाको विज्ञापनसम्बन्धी रिटमाथिको सुनुवाइ आज पनि सकिएन

१५ असार २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
312 Shares

Symbolic

काठमाडौं – लोक सेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापनका सम्बन्धमा सर्वोच्च अदालतमा परेका रिटहरूमाथिको सुनुवाइ आज पनि सकिएन । लोक सेवा आयोगको विज्ञापनसम्बन्धी ४ वटा रिटमाथि सर्वोच्चमा आइतवार न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भएपनि बहस जारी रहेकाले ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

अधिवक्ता विकास ठाकुरले लोक सेवाले खोलेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशीअनुसार नरहेकाले रद्द गर्नुपर्ने जिकिरसहित सर्वोच्चमा रिट दायर गरेका थिए । लोक सेवाको सो विज्ञापनसम्बन्धी अन्य ३ रिट पनि सर्वोच्चमा छ । ती रिटहरूमाथि छुट्टाछुट्टै सुनुवाइपछि सर्वोच्चले चारैवटा रिटलाई एकसाथ सुनुवाइ गर्ने आदेश दिएको थियो ।

चारमध्ये एक रिटमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई विपक्षी बनाइएको छ । उक्त समितिले विज्ञापन रद्द गर्न लोक सेवा आयोगलाई निर्देशन दिएको थियो । रिटमा राज्य व्यवस्था समितिको उक्त निर्देशन संविधानविपरीत रहेको जिकिर गरिएको छ । लोक सेवाले ९ हजार १ सय ६१ पदमा पदपूर्तिका लागि खुलाएको विज्ञापनमा आवेदन दिने म्याद असार १० गते सकिएको छ । दोब्बर दस्तुर तिरेर यही असार १७ गतेसम्म आवेदन दिन सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनमा मजदुरको कथा:घरसम्म जान पैदल यात्रा गर्न बाध्य
  • रुपन्देहीका कांग्रेस सांसदले मुख्यमन्त्रीलाई भने —‘बाबुरामको शव उठाउने वातावरण मिलाउनूस्’
  • बर्दघाट नगरपालिकाद्वारा वडा न १४ मा १ सय ४ घरपरिवारलाई…
  • छिमेकीले बाढें छिमेकीलाई राहत
  • मेयरले नै राहात कोषमा तवल जम्मा गरेपछि…….
  • उवासंघ नवलपरासीद्धारा सस्तो घुम्ती पसलबाट सेवा प्रदान
  • कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? : डा.…
  • प्रधानमन्त्रीका आइटी विज्ञले अनलाईन नियन्त्रणमा लिएर समाचार हटाएको आरोप
  • सिमानाकामा अलपत्रको उद्धार गर– कांग्रेस रुपन्देही
  • कारोना अस्पताल मृत्यु प्रकरण:पिडित परिवारलाई क्षतिपुर्ति दिन तरुण दलको माग