शेयर बजारमा दोहोरो अंकको गिरावट

१५ असार २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
0 Shares


काठमाडौं – शेयर बजारमा आज दोहोरो अंकले गिरावट आएको छ । नेप्सेका अनुसार आइतबार नेप्से १२ दशमलव २७ अंकले घटेको छ । सेन्सेटिभ इन्डेक्सका समेत १ दशमलव ९२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज कारोबार भएका सबै क्षेत्रका लगानीकर्ताले लगानी गुमाएका छन् ।

आज कारोबार भएकामध्ये सबैभन्दा धेरै उन्नती माइक्रोफाइनान्सका सेयरहोल्डरले प्रतिशेयर ३२ रुपैयाँ गुमाएका छन् भने गुँरास लघुवित्तका शेयरवालाले समेत प्रतिशेयर २४ रुपैया गुमाएका छन् ।शिवम् सिमेण्टको शेयरमा समेत उच्च गिरावट आएको छ । नेप्सेका अनुसार शिवम् सिमेण्टका शेयर होल्डरले प्रतिशेयर २८ रुपैयाँ घाटा व्यहोरेका छन् । नेपाल एग्रो लघुवित्त वित्तिय संस्थाको शेयर समेत २१ रुपैया घटेको छ । तर युनिलिभर कम्पनीको शेयर भने ३ सय ८५ रुपैयाँले बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस
  • बजार अनुगमनमा नीजि क्षेत्रको चासो अधिकार पाएको स्थानीयतह भने बेखबर
  • वरिष्ठ नेता पौडेल भन्छन – ‘सरकारले राज्यकाे ढुकुटी कार्यकर्तालाई बाँड्याे’
  • नेप्से ७ अंकले उकालो लाग्यो
  • मानसरोवर गएकी एक भारतीय तीर्थयात्रीको म‍ृत्यु
  • दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी
  • भक्तपुरमा रातभर जागे महाकाली, भैरव र नीलबाराही