रेणु दाहालको धान दिवस यस्तो रह्यो हेर्नुहोस्

प्रकाशित मिति:

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पनि धान दिवस मनाएकी छिन् ।

मेयर दाहालले भरतपुरमा खेतमा रोपाईं गरेर धान दिवस मनाएकी हुन् । बाजागाजासहितको समूहमा मेयर दाहालले धान रोपिन् । हरेक असार १५ का दिन धान दिवस मनाइने परम्परा अनुसार मुलुकभर धान दिवस मनाइएको हो ।