सीता पोखरेल न्यौपानेको पुण्य तिथीमा काँग्रेसद्धारा शोक सभा

प्रकाशित मिति:

तिलोत्तमा- नेपाली काँग्रेसका युवा नेता हरि न्यौपानेकी धर्मपत्नी सिता पोखरेल न्यौपानेको ७ औं दिनको पुन्यतिथिका अवसरमा नेपाली काँग्रेस रूपन्देहीले शोक सभा गरि श्रद्धाञ्जली  व्यक्त गरेको छ ।नेपाली काँग्रेसकी क्रियाशील सदस्य समेत रहेकी सीता पोख्रेल न्यौपानेको निधनले नेपाली काँग्रेसलाई अपूर्णनिय क्षती पुगेको र शोकको यो घडीलाई शक्तिमा बदल्न सहभागी बक्ताहरूले आग्रह गरेका थिए ।

तिलोत्तमा ९, ज्ञानोदयचोक स्थित न्यौपानेको आफ्नै निवासमा सम्पन्न शोक सभामा नेपाली काँग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाकको सभापतित्व एंव पुर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसकी नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यता रहेको थियो भने सभामा पुर्व रक्षामन्त्री एंव नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, नेपाली काँग्रेस रुपन्देही सभापति अव्दुल रज्जाक, काठमाण्डौं सभापति कृष्ण सपुत बाँनिया, प्रदेश साँसद पुष्पा थारू चौंधरी, पुर्व साँसद ईश्तियाक अहमद खाँ, जैतुन निशाँ खाँ, रूपन्देही पुर्व सभापति रामचन्द्र ढकाल, नेपाल महिला संघ रुपदेन्हीकी सभापति गंगा शाही, क्षेत्रिय सभापति प्रेम फौजदार युवा नेता एबम प्रदेश सांसदका प्रत्यासी  बिष्णु पोखरेल ,तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, बोल्दै सीताको मृत्यआत्माको चिरशान्तिको कामना गदैं  उहाँको निधनले पार्टीलाई ठुलो क्षति पुगेको भन्दै शोकलाई शक्तिमा रूपान्तरण गर्नुको विकल्प नरहेकोमा जोड दिए साथै पार्टीलाई थप सशक्त बनाउन थप प्रेणा प्राप्त भएको समेत सहभागीहरूले औंल्याएका थिए ।