दुर्गा मन्दिर क्लब तिलोत्तमा मेयर कपको अन्तिम आठमा

१५ असार २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
94 Shares


बुटवल – रुपन्देहीको तिलोत्तमामा जारी प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिता अन्तगर्ग आइतबार भएको खेलमा दुर्गा मन्दिर क्लब (डीएमसी) तुल्सीपुर विजयी हुंदै अन्तिम आठमा स्थान पक्का गरेको छ । तिलोत्तमा–१ चपरहट्टी खेल मैदानमा आइतबार सम्पन्न खेलमा डीएमसीले घरेलु टिम सिद्धार्थ युवा क्लब चपरहट्टीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक पहिलो हाफमा दुबै टिमले एक–एक गोलको बराबरी खेलेपनि दोस्रो हाफमा डीएमसी हावी भएको थियो ।

डीएमसीको जितमा अमिर श्रेष्ठले ३४ मिनेट, लक्ष्मण चौधरीले ७० मिनेट र प्रितम साङबुले ७५ मिनेटमा गोल गरेका थिए । सिद्धार्थका लागि एक मात्र सान्त्वना गोल अनिश गुरुङले ३६ औं मिनेटमा गरेका थिए । डीएमसीका अमिर श्रेष्ठ म्यान अफ द म्याच घोषित खेलमा डीएमसीमा प्रितम साङबु र जीवन सुवेदीले पहेंलो कार्ड पाएका थिए । सोमबारको खेल सैनामैनाको थ्रीस्टार युथ क्लब र सौभाग्य युवा क्लब बुटवलबीच दिउसो ४ बजेदेखि शुरु हुने आयोजक तिलोत्तमा फुटबल एकेडेमीका विकास गुरुङले जानकारी दिए । रुपन्देही, नवलपरासी र पाल्पाका १६ टिमकोको सहभागिता रहेको प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपैया नगद सहित कप तथा मेडल र उपबिजेता टीमले ५५ हजार रुपैया नगद र मेडल प्राप्त गर्ने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…
  • घरमै क्वारेन्टाइनमा बसेका डोल्पाका पुरुषमा कोरोनाको संक्रमण पुष्टि