न्यू होराइजनद्वारा खुशियाली र्याली

प्रकाशित मिति:

बुटवल –एसईई नतिजामा देशमै उत्कृष्ट नजिता ल्याएको बुटवलको न्यू होराइजन बोर्डिङले बुटवलमा खुशियाली याली निकालेको छ ।न्यू होराइजन माविका सात जना विद्यार्थीले ग्रेड प्वाइन्ट एभरेज (जीपीए) चार अंक हाँसिल गरेपछि खुसीयालीमा आइतबार बुटवलमा खुसीयाली ¥याली निकालेको हो । ¥यालीमा विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र सञ्चालकहरू सहभागी थिए ।

र्याली सुरु हुनु अघि उत्कृष्ट बिद्यार्थीहरुलाई बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजू, प्राचार्य लोकनाथ उपाध्याय र सञ्चालक तथा न्यू होराइजन पाल्पाका अध्यक्ष निर्मल प्रसाद लाकौल लगायतले सम्मान गरेका थिए ।कालिकानगरमा रहेको न्यू होराइजनबाट शुरु भएको विजयी ¥यालीले बाजागाजा सहित बुटवलका विभिन्न क्षेत्रहरू परिक्रमा गरेको थियो । एसइइको नतिजामा न्यू होराइजनका अपिल चौधरी, क्षितिज डुम्रे, सोदिक्षा कुँवर, रोशना टण्डन, प्रवेश आचार्य, सुयल ज्ञवाली र अनुश्का श्रेष्ठले जीपीए चार प्राप्त गरेका छन् ।
३ सय २८ जना विद्यार्थीमध्ये ६१ जनाले ए प्लस, ६७ जनाले ए, १०३ जनाले बी प्लस र १८ जनाले सी ग्रेड ल्याएका छन् ।

गत वर्ष पनि विद्यालयका ४ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । यस वर्षको एसईई परीक्षामा रूपन्देहीका १० जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । होराइजनले हेरक वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउदै आएको छ । सो अवसरमा बोल्दै विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले होराजइनले सधै सर्बोकृष्टता हाँसिल गर्दै आएको बताए । उनले परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई उज्जवल शैक्षिक भविश्यको कामना समेत गरे । र्याली विद्यार्थी र अभिभाबकलाइ थप हौसला मिलेको बिद्यालयका शिक्षक बिष्णु बस्यालले बताए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक हरि पौडेलले गरेका थिए । त्यस अवसरमा बोल्दै अध्यक्ष कसजूले बिद्यालयको शैक्षिकस्तरलाई उचो बनाई राख्ने शिक्षक र कर्मचारी तथा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे ।