दोस्रो रोपाई महोत्सव भीरकोटमा सम्पन्न

प्रकाशित मिति:

एशिव शरण महत-भीरकोट/राष्ट्रिय धान दिवसको अवसमा भीरकोट नगरपालिकाको आयोजनामा भीरकोट वडा न ६ अवस्थीत आधिँखाल्टामा दोस्रो रोपाइ महोत्सव सम्पन्न गरेको छ । आधिँफाटमा किसान प्रकाश केसीको खेतमा रोपाई महोत्सव संचालन गरीएको थियो । यस महोत्सवको मुख्य विशेषता भनेकै स्थानी कृषकहरु लाई कृषी प्रति प्रोमोट र कृषकको श्रमको सम्मान गरी उत्पादनमा वृद्धी ल्याउन र मनोवल उच्च वनाउनका लागी महोत्सव आयोजना गरीएको कार्यक्रमका प्रमुख अतिथि एव नगर प्रमुख छायाराम खनालले वताउनु भयो

आँधिखोला भीरकोटको विच भागवाट वगेकोले आधीखोलाको दुवै किनारमा खेती योग्य जमिन रहेकाले व्यवसायिक रुपमा व्यव्स्थीत कृषी गर्न आग्रह गर्दै केही समय पश्चात भीरकोट उत्पादन मा आत्मनिर्भर भई निर्यात गर्ने नगरपालिकाको कार्ययोजना रहेको समेत खानलले वताए ।रोपाई महोत्सवमा नगर उप प्रमुख सिमा केसी कर्मचार्य ,पूर्व जनप्रतिनिधि द्धय गोविन्द कुमार कर्मचार्य,पिताम्वर श्रेष्ठ, वडा न २ का वडा अध्यक्ष कमल त्रिपाठी, नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारी, नेपाल भूपू सैनीक संघ जिल्ला अध्यक्ष क्षेत्र वहादुर थापा लगायतले भीरकोटका वाझो जमिनलाई पहिचानको आधारमा हराभरा सहित उत्पादनमा वृद्धी गर्नेु पर्ने भन्दै ,किशानको हितको लागी रोपाई महोत्सव आयोजना गरीएकोमा धन्यवाद व्यक्त गरेका थिए ।