धान दिवसको उद्घाटन गर्दै प्रदेश सांसद विष्णु पन्थी

प्रकाशित मिति:

डिलाराम भुसाल   , कपिलवस्तु १५ असार – असार १५ गतेका दिन नेपाल भर धान दिवस,मनाई रहदा कपिलबस्तुका १० ओटा स्थानिय तहले आज बिभिन्न कार्यक्रम गरि दिवश मनाएका छन् । कपिलबस्तुको वाणगंगा नगरपालिका ८ चप्परगाउँमा धान रोपेर असार पन्ध्र मनाइएको छ । धान खेतीमा प्रविधि र यान्त्रिकरण चामल आयातमा न्युनिकरण भन्ने मुल नाराका साथ १६ औं राष्ट्रिय धान दिवस २०७६ कपिलवस्तुमा पनि मनाइएको हो । धान दिवसको उद्घाटन गर्दै प्रदेश सांसद विष्णु पन्थी ले किसानलाई धानको विउ दिएर कार्यक्रमको उद्घाटन ग्रदै किसान सँगै खेतको हिलोमा गई धान रोप्पेका छन् ।

आधुनिक प्रविधिको प्रयोगले किसानहरुको उत्पादनमा वृद्धि हुने र उत्पादनको आधार बढाउने समृद्धिको आधार धान खेति तथा कृषि भएको बताएका थिए । कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु , नेकपाका जिल्ला अध्यक्ष झविलाल पोखेल , धान सुपरजोनेका प्रमुख मुकुन्द भुसाल लगायतले समोधन गरेका थिए । नेपाली पञ्च वाजासहित खेतमा धान रोपेर धान दिवस मनाइएको थियो । कार्यक्रममा सयौंजना बढीकोसक्रिय उपस्थिती रहेको कार्यक्रमा धान सुपरजोन सञ्चालक समिति संयोजक द्रोणराज सुबेदीको अध्यक्षता सचिव श्याम सुबेदीको संचालनमा भएको थियो ।