कान्तिमा बधाई कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

हरिश ढकाल–बुटवल कान्ति माविबाट एस.ई.ई परिक्षामा उत्तिर्ण विद्यार्थीहरु तथा अभिभावकलाई आइतबार वधाई तथा शुभकामना कार्यक्रम आयोजना गरि सम्मान गरिएको छ । एसईई परिक्षा २०७५ मा सहभागि भै उत्कृष्ठ नतिजा हासिल गर्न सफल बिद्यार्थी र तिनका अभिभावकलाई सम्मान गर्ने उद्देश्यले सो बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरुलाई सम्मान गर्दै बुटवल उप–महानगरपालीका शिक्षा महाशाखा प्रमुख मित्रमणी खनालले एसईई उत्तिर्ण बिद्यार्थीहरुले भबिष्यमा उच्च सफलता प्राप्त गर्ने लक्षका साथ अध्ययन गर्नु पर्ने बताए ।

खनालले भने—जिवनमा सफलता हासिल गर्ने लक्षका साथ अध्ययन गर्नु , केवल प्रमाणपत्र मात्र हासिल गर्ने होईन । बिद्यार्थीहरुले समय अनुकल मुलुक निर्माणमा काम लाग्ने बिषय रोजेर अध्ययन गर्नुपर्ने कुरामा खनालको जोड रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बुटवल उपमहानगर वडा नं ४ का वडाअध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष टंक पराजुली, विद्यालयका प्राचार्य गोविन्द ज्ञवाली, अभिभावक धनबहादुर राना, शिक्षक खुमराज पौडेल, पूर्व विद्यार्थी एशोसियसनका अध्यक्ष जयश्वर पाण्डे, सम्मानित विद्यार्थी एलेन राना, कक्षा १२ का विद्यार्थी आयुष्मा खाती लगाएतले नेपालको बर्तमान शिक्षा प्राणाली, सरकारको शिक्षा निति र समाजले गरेको अपेक्षाका बारेमा चर्चा गरेका थिए ।

कान्ति माध्यमिक विद्यालयबाट एस.ई.ई परिक्षामा सहभागि भएका २ सय १५ जना विद्यार्थीहरु मध्ये २ जनाले जिपिए ३.९५ र ३ जनाले ३.९० जिपिए ल्याएका छन । यस्तै ३.६५ जिपिएभन्दा माथि प्राप्त गर्ने (ए प्लस) २९ जना रहेका छन भने ३.२५ जि.पि.एभन्दा माथि (ए) प्राप्त गर्ने ५२ जना, २.८५ भन्दा माथी प्राप्त गर्ने (बि प्लस) ६९ जना, २.४५ जि.पि.ए भन्दा माथि प्राप्त गर्ने (बि) ५३ जना र २.१५ भन्दा माथि प्राप्त गर्ने (सि प्लस) १२ जना रहेको प्राचार्य गोविन्द ज्ञवालीले बताएका छन । कार्यक्रको स्वागत सह–प्राचार्य चुडामणी पौडेल र संचालन शिक्षक राजेन्द्र पौडेलको रहेको थियो ।