सरकार संविधान संस्थागत गर्ने पक्षमा नरहेको काँग्रेस नेताहरुको दावी

प्रकाशित मिति:

बुटवल,असार १५— नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बहुमतको सरकारले लोकतान्त्रिक संविधानलाइ संस्थागत नै गर्न नचाहेको आरोप लगाएका छन ।आइतबार बुटवलमा नेपाली काँग्रेसका सस्थापक नेता स्वर्गीय गणेशमान सिंहको शालिक अनावरण गर्दै नेता सिंहले प्रचण्ड बहुमतको सरकार लोकतान्त्रिक संबिधान संस्थागत गर्ने पक्षमै नरहेको बताएका हुन । प्रदेश र स्थानीय तहलाइ अधिकार दिन गरेको कन्जुस्याइ र संघमा प्रधानमन्त्रीले सबै अधिकार आफुसगै राख्नुले सरकार संविधान संस्थागत गर्ने पक्षमा छैन भन्ने कुराको पुष्टि गर्छ’ नेता सिंहले भने । नेपाली काँग्रेस बुटवल नगर समितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै नेता सिंहले भएभरको अधिकार आफु मातहत राखेर शक्तिशाली बन्न खोजे पनि प्रम ओली इतिहासकै डरपोक प्रधानमन्त्री भएको टिप्पडी गरे ।विकास, सुशासन र शान्ति सुरक्षाको प्रत्याभुती गर्ने बिषयमा ओली सरकार असफल भइसकेको उनको दावी छ । काँग्रेस सरकारमा हुँदा ठिक समयमा ठिक आर्थिक नीति लिएकाले त्यसकै बलमा देशको अर्थतन्त्र अहिले सम्म टिकीरहेको भन्दै नेता सिंहले संविधान, संघियता र अर्थतन्त्र खतरामा पर्न सक्ने औल्याए ।

देशको बिग्रदो परिस्थती र चुनौतीसंग सामना गर्न काँग्रेसलाइ बलीयो बनाउनुको बिकल्प नभएको उनको भनाइ थियो । पार्टीलाइ तदर्थबादमा राखेर आउने दिनका चुनौतीहरु सामना गर्न नसकीने भन्दै उनले बिधानको परिधिभित्र रहेर जती सक्दो छिटो संघियताको मर्म अनुरुपका नयाँ संचरनाहरु निर्माण गर्नु पर्ने खाँचो औल्याए । काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कम्युनिष्ट सरकारको निरङकुसता बिरुद्ध काँग्रेसले फेरी एक पटक शान्तिपुर्ण आन्दोलन गर्नु पर्ने अवस्था आएको बताए ।असार पन्ध्रको प्रशंग उल्लेख गर्दै नेता खाँणले हिल्याएको जमिनमा आलु रोपे कुहिने निश्चित भएजस्तै लोकतान्त्रिक शासन व्यवस्थामा रोपीएको कम्युनिष्ट सरकार पनि कुहिएर जाने बताए । ‘लोकतान्त्रिक शासन व्यवस्थामा कम्युनिष्टको आलु लगाएपछि त्यो सरकार नसडेर के सड्छ ?’ नेता खाँणले भने ।

प्रम ओली फ्रान्समा जाँदा त्यहाँका राष्ट्रपतिले कम्युनिष्ट प्रधानमन्त्री लोकतन्त्रबादी हुनै नसक्ने भन्दै भेट दिन नमानेको प्रसंग उल्लेख गरे ।बेलायतमा काम चलाउ प्रधानमन्त्रीले भेट दिएपनि त्यहाँकी महारानीले भेटन नमानेको दावी गरे । ‘प्रधानमन्त्री बिदेश जादा त्यहाको सेनाले शाही सलामी दिने चलन हुन्छ तर ओलीलाइ बिदेशको सेनाले समेत सलामी समेत दिन मानेन’ नेता खाँणले भने । सरकारकै कारणअन्तराष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा दिनानुदिन खस्कीरहेको दावी गर्दै नेता खाँणले त्यसबाट पनी प्रम ओली छटपटाइ रहेको बताए। निर्वाचनका बेला जनतालाइ घरबास दिन्छु भनेर झुटो बाचा गर्ने कम्युनिष्टहरु सरकारमा गएपछि जनताका घरमा डोजर लगाएर घरबार बिहिन बनाउने काम गरेको भन्दै त्यसप्रति आपत्ती जनाए । बुटवल उपमहानगरका मेयरले पुरानो बटौलीमा बर्षौदेखि बसेका स्थानीयलाइ बैकल्पिक व्यवस्था नगरी घरबर बिहिन गराएको प्रति आपत्ती जनाएका हुन । कार्यक्रममा काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक,काठमाडौ सभापती कृष्णसमुज बाँनीया,महासमिति सदस्य युवराज गीरी,क्षेत्रीय सभापती हरीलम्साल,नगर सभापती खेलराज पाण्डे,महेशमान सिंह, धना लामा लगायतका नेताहरुले बोल्दै दुइ तिहाइको सरकारले देशमा विकास, सुशासन र शान्ति सुरक्षाको प्रत्याभुती गर्न नसकेको गुनासो गरे । सरकारका गलत क्रियाकलाप बिरुद्ध काँग्रेसले प्रतिपक्षको रुपमा शसक्त आवाज उठाउनु पर्नेमा पनि बक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा पार्टी कार्यालय तथा शालिक निर्माणमा महत्वपुर्ण सहयोग गर्ने काँग्रेस नेताहरु जनक कोइराला,राधेश्याम राजभण्डारी,रामप्रसाद खनाल र सन्तोष श्रेष्ठलाइ सम्मान गरीएको थियो ।