कञ्चन ३मा डिपट्युवेल सिचाइ योजना,कञ्चनलाई सिचाइको उर्बरभुमि बनाइने

प्रकाशित मिति:

जगिलाल थापा  कञ्चन गाउपालिका वार्ड नं। ३ लखनचोकमा डिपट्युबेल सिंचाइ योजना संचालनमा ल्याइएकोछ।  कञ्चनलाई कृषि हब र सिंचाइको उर्बरा भुमि बनाउने कञ्चन गाउपालिकाको योजना अनुरुप कञ्चन ३ स्थित पुरानो माइको थानमा गाउपालिकाको करिब ७० लाख रुपैयामा डिपट्युवेल सिचाई योजनाको कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले एक कार्यक्रमका बिच सिल्यान्यास गर्नु भएको छ।

डिपट्युबेल सिंचाइ योजनाको सिलन्यास गर्दै गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चन गाउपालिका खेतीयोग्य जमिन भएर पनि सिंचाइको अभावले खेती लगाउने बेला आकासे पानीको भर पर्नु पर्ने हुदा उत्पादनमा कमि आउने गरेको र अव गाउपालिका भित्रको खेतीयोग्य जमिनलाई सिचाइयुक्त बनाइने बताउनु भएकोछ। सम्भव हुने स्थानहरुमा स्यालो ट्युबेल गाड्नको लागि गाउपालिकाले बजेट ब्यबस्था गरेको र बढी लागत लाग्ने ठाउहरुमा डिपट्युवेलको ब्यबस्था गरिएको जानकारी गराउनु भएकोछ। यसैगरी वडा नं ३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले बर्षाको समयमा आकासे पानीको भरमा खेती लगाउनु किसानको बाध्यताको अन्त्य गर्न र हिउदेबालीको उत्पादनलाई वृद्धि गर्न पनि सिंचाइको अती आवस्यक रहेको भन्दै अब डिपट्युवेल सिचाइ योजना सफल भए बेमौसमी खेती गरि किसानहरुले राम्रो आम्दानी गर्ने बताउनु भएको छ। सो सिलन्यास कार्यक्रम डिपट्युवेल सिचाइ योजना उपभोक्ता समितिका अध्यक्ष भैरब थापा मगरको अध्यक्षतामा सम्पन्न भएको हो।गाउपालिकाको ७० लाख बिनियोजित रकम मध्ये डिपट्युबेलको बोरिङ गाड्न २० लाख रुपैया बजेट बिनियोजन भएको वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले बताउनु भएको छ।