रोटरी बुटवललाई १३ अवार्ड

प्रकाशित मिति:

बुटवल । रोटरी इन्टरनेश्नल डिष्ट्रिक्ट ३२९२ नेपाल भूटानका १ सय १९ क्लबहरु मध्ये रोटरी क्लब अफ बुटवलले वर्ष २०१८÷१९मा उत्कृष्ट प्रेसिडेण्ट लगायतका १३ अवार्ड हात पार्न सफल भएको छ । अध्यक्ष डा. नारायण प्रसाद पन्थ यो वर्षको उत्कृष्ट प्रेसिडेण्टको रुपमा सम्मानित हुनु भएको हो । डिष्ट्रिक्ट कन्फ्रेन्समा धेरै सदस्य सहभागी गराउने र धेरै महिला सहभागी बनाएकोमा पनि रोटरी क्लब अफ बुटवलले अवार्ड जित्न सफल भएको छ।

त्यसैगरी रोटरी क्लब अफ बुटवल मिडिया कभरेज, पब्लिक रिलेशन, झण्डा परियोजना संचालनमा प्रथम भएको छ । फिमेल मेम्वरसिप, पब्लिक इमेज, आधारभूत शिक्षा, वेशिक प्रोजेक्ट सर्भिसमा दोश्रो स्थान हासिल गर्न सफल भएको छ । त्यसैगरी मातृस्वास्थ्य, वेस्ट मेम्वरसिप तेश्रो र रिजन ५को वेष्ट प्रेसिडेण्ट गरी १३ वटा अवार्ड हात पार्न सफल भएको वर्ष २०१८÷१९का अध्यक्ष डा नारायण प्रसाद पन्थले जानकारी दिनुभयो । राजधानीमा आईतवार आयोजित एक समारोहका विच गभर्नर काउन्सीलले अवार्ड प्रदान गरेको हो ।