सामुदायिक विद्यालयका शिक्षकहरु शोषणमा परेको एक कार्यक्रमका वक्ताहरको भनाई

प्रकाशित मिति:

सामुदायिक बिद्यालयका शिक्षकहरुलाई राज्यले शोषण गरेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले बिद्यालयले परिषदले राखेको माग सहमति र सम्झौता गरेतापनि कार्यान्वयनको अवस्था फितलो बन्दै गएकाले आन्दोलनको विकल्प नरहेको बताएका थिए । नेपाल बिद्यालय कर्मचारी परिषद देवदहले आयोजना गरेको राज्यको दायित्व सामुदयिक बिद्यालयका कर्मचारीहरुका पेशागत स्थायित्व विषयक बृहत अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनीहरुले उक्त कुरा बताएका हुन् । कार्यक्रममा सामुदायिक बिद्यालयमा कार्यरत कर्मचारीहरुको यथनशिघ्र दरबन्दी श्रृजना गरी निजामति कर्मचारी वा शिक्षक सरह पदिय हैसियत अनुसार सेवा सुविधा दिनुपर्ने, बिद्यालयमा कार्यरत कर्मचारीहरुको कार्यक्षमता अभिबृद्धिको लागि पेशागत तालिमको व्यवस्था गरिनुपर्ने, समान पदमा कर्मचारीहरुको मासिक तलब, महंगी भत्ता, पोशाक भत्ता लगायतका सुविधाको व्यवस्था गरिनुपर्ने, १० वर्ष भन्दा बढी सेवा अवधि पुगेकालाई दरबन्दीमा समायोजन गर्दा एक तह बढुवा गरी समायोजन गर्नुपर्ने र ६० वर्ष उमेर पार गरी हालसम्म कार्यरत कर्मचारीहरुलाई पेन्सन उपदान सञ्चित बिरामी विदाको रकम साथै उपचार खर्च निजामति कर्मचारी सरह उपलब्ध गराइनुपर्ने लगायतका ७ बुदे मागहरु नगरपालिकामा पेश गर्ने जनाएका थिए । कार्यक्रममा नेपाल बिद्यालय कर्मचारी परिषद देवदहका अध्यक्ष मुकेश ज्ञवालीको अध्यक्षता, नेपाल शिक्षक महासंघ देवदहका अध्यक्ष शेषनारायण रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा देवदहका नगर शिक्षा अधिकारी हरिलाल अर्याल, नेपाल बिदालय कर्मचारी परिषद् प्रदेश नं ५ का अध्यक्ष गंगा नेपाल, वडा नं २ का वडा अध्यक्ष धर्मागत पाण्डे, श्याम थापा लगायतले आ–आफ्ना भनाई राखेका थिए ।