अमेरिकाको टेक्सासमा विमान दुर्घटनाः सवार सबैको मृत्यु

१६ असार २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
198 Shares


एजेन्सी – अमेरिकाको टेक्सास दुई इन्जिन भएको बीई–३५० किंग एयर विमान दुर्घटना भएको छ । आइतबार बिहान भएको उक्त विमान दुर्घटनामा सवार १० जनामध्ये सबैको मृत्यु भएको छ । विमानले एडिसन एयरपोर्टबाट उडान भरिरहेको थियो तर अनियन्त्रित भएर ह्यांगरमा प्रवेश गरेलगत्तै । विमानमा आगो लागेको बताइएको छ ।

एडिशन शहरकी प्रवक्ता मेरी रोसेनलेथका अनुसार विमान डलासबाट ३२ किलोमिटर टाढा एडिसन एयरपोर्टमा विमान ९ बजे दुर्घटनाको शिकार भएको थियोे । फेडेरल एभियशन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार उडान भर्ने बेला नै विमान ह्यांगरसँग ठोक्किएको थियो । स्थितीलाई नियन्त्रणमा ल्याउन धेरै समय लाग्यो जसमा विमान भित्रका सबै १० जनाको ज्यान गयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया