अमेरिकी डलर साट्ने प्रलोभन देखाएर महिलाको ५० लाख लुटियो

प्रकाशित मिति:

काठमाडौं – काठमाडौंमा २० हजार अमेरिकन डलर साट्ने प्रलोभन देखाएर एक महिलाको ५० लाख नेपाली रुपैयाँ लुटिएको छ । तारकेश्वर नगरपालिका–११ शेषमतिस्थित खाली चौरबाट वसन्तपुर बस्ने मकवानपुर हेटौंडा घर भएकी २५ वर्षीया महिलाको नगद ५० लाख रुपैयाँ लुटिएको हो ।

प्रहरीका अनुसार २ जना अपरिचित व्यक्तिहरुले अमेरिकी डलर २० हजार साट्ने प्रलोभन देखाई ती महिलासँग भएको रकम लुटेर फरार भएका थिए । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।