बिपदको प्रतिकार गर्न रुपन्देहीमा सबै तह पूर्ण रुपमा तयारी अवस्थामा

प्रकाशित मिति:

बर्षेनी आउने बिपदका कारण रुपन्देहीमा धन तथा जनको क्षति बढदै गए पछि यस बर्ष रुपन्देहीमा बिपदको प्रतिकार गर्न जिल्लाका सबै तह पूर्ण रुपमा तयारी अवश्थामा रहेका छन । बिपद ब्यवस्थापनमा सुरक्षा निकाय देखी स्थानिय तह र बिभिन्न सामाजिक संघ संस्थाहरु तयारी अवश्थामा राखिएका बिपद ब्यवस्थापन समितिले जानकारी दिएको छ ।बिपद ब्यवस्थापनको लागी तयारीको अवश्था बारे भैरहवामा आयोजित कार्यक्रममा रुपन्देहीका पालिकाहरुले आ–आफ्नो क्षेत्रमा बिपद ब्यवस्थापनको लागी बिपद ब्यवस्थापन समिति गठन गर्नुको साथै सो को लागी कोष समेत खडा गरिएको बताए । बिशेष गरि ५ नम्बर प्रदेशलाई लक्षित गरि आउन लागेको बिपद ब्यवस्थापनको लागी नितिगत सुझाव संकलनको लागी बैठक डाकिएको भए पनि उक्त बैठक पछि सुझाव संकलन भन्दा पनि तयारी अवश्थाको बारेमा केन्द्रित भएको थियो ।बिपद ब्यवस्थापन समितिका अध्यक्ष तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले रुपन्देहीमा अहिले सम्म त्यस्तो बिपद नआए पनि आउन सक्ने सम्भावित बिपदको लागी समिति तयारी अवश्थामा रहेको बताए ।
रुपन्देहीलाई केन्द्रले बिपदको उच्च जोखिममा नराखी कम सुविधा प्रदान गरे पनि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आफ्नै भवनमा बिपद ब्यवस्थापन सामाग्री भण्डार कक्ष स्थापना गरेको बताए । बिपदको जुनसुकै बेला प्रतिकार गर्नु पर्ने अवश्था आउन सक्ने भएकोले सम्पूर्ण सुरक्षा निकायका साथै सम्पूर्ण सरोकारवालाई उनले तयारी अवश्थामा रहन समेत निर्देशन दिए ।