पशुपतिमा पूर्वएआईजी केहीबेर सशस्त्र प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति:

काठमाडौं – ड्यूटिमा रहेका सशस्त्र प्रहरी हवल्दारमाथि हातपात गर्दा पूर्वएआईजी केहीबेर सशस्त्र प्रहरीको नियन्त्रणमा परेका छन्।आज पशुपति मन्दिरमा पूजापाठका लागि गएका पूर्वएआईजी विजयराज भट्ट सशस्त्र प्रहरीको नियन्त्रणमा परेका हुन्। त्यहाँ ड्यूटिमा रहेका सशस्त्र प्रहरी हवल्दार शालिकराम सुवेदीमाथि हातपात गरेपछि उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार, ड्यूटीमा रहेका सशस्त्र प्रहरी हवल्दार सुवेदी पुशपति दर्शन गर्नेहरुको लाइन मिलाइरहेका थिए। त्यहीबेला पूर्वएआईजी भट्ट पनि त्यही पुगेका थिए।उनलाई पनि लाइनमा लगाउन खोज्दा सशस्त्र प्रहरी हवल्दार सुवेदीमाथि दुव्र्यवहार तथा हातपात गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

त्यसपछि त्यहाँ तैनाथ सशस्त्र प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। तर, पूर्वएआईजी भट्ट भएको थाहा पाएपछि केहीबेरमै छोडेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।ड्यूटिमा रहेका सशस्त्र प्रहरी हवल्दार सुवेदीले आफूमाथि भएको हातपात तथा दुव्र्यवहारका बारेमा माथिल्लो निकायलाई खबर गरेका छन्। त्यसमा के गर्ने भन्ने छलफल भइरहेको एक सशस्त्र प्रहरी अधिकृतले बताए।