अर्घाखाँचीको शितगंगा नगरपालिकाका घरहरुमा टीनका छानो राख्न शुरु

प्रकाशित मिति:

अर्घाखाँचीको शितगंगा नगरपालिकाले खरको छानो भएका घरमा जस्ता पाता लगाउन सुरु गरेको छ । भौगोलिक रुपमा नेपालकै ठुलो शितगंगा नगरपालिकाको वाड नम्वर १२ मा खरको छानो भएका विपन्न परिवारका १२ घरमा एक कार्यक्रमको आयोजना गरि जस्तापाता हस्तान्तरण गरिएको छ । बर्षाको समयमा पानी चुहिने घरमा बसेका स्थानीयहरु जस्तापाता पाँउदा हर्षित भएका छन । खरले छाएका घरमा बस्ने विपन्नलाइ बर्षामा पानी चुहिने चिन्ता र गर्मीयाममा आगोलागीको डर भएको ठहर गर्दै जस्तापाता वितरण गरिएको शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीले बताउनु भयो । घरको साइज हेरिकन २५ देखि ३० पाता सम्मको दरले जस्ता वितरण गरिएको उहाको भनाइ छ । अहिले १२ नम्वर वडामा मात्र यो अभियान सुरु गरिएको र यो अभियानलाइ सवै वडामा लैजाने कार्य योजना रहेको उहाको भनाइ छ । वडा भित्र रहेका खरको छानो भएका अति विपन्न १२ घरपरिवारलाइ जस्तापाता वितरण गरिएको वडा अध्यक्ष वावुराम गैरेले बताउनु भयो । वडाका सबै घरमा जस्तापाता लगाउने कार्यक्रम अनुसार पहिलो चरणमा जस्तापाता वितरण गरिएको उहाको भनाइ छ ।