लहानमा सवारी दुर्घटना : तीनकाे मृत्यु

प्रकाशित मिति:

 सिरहा – पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका ११ पडरिया चौकमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा २ महिला र एक पुरुष छन् । उनीहरूको पहिचान खुलेको छैन । घाइतेहरुको लहानमा उपचार भइरहेको छ। लहानबाट छुटेर यात्रु लिन रोकिएको ना १ ज ७४५४ नम्बरको म्याजिकमा पूर्वबाट गएको ना ८ ख २४१५ नम्बरको ट्रकले ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।