यसरी चम्काउनुहोस् अनुहार , धाउनु पर्दैन पार्लर

प्रकाशित मिति:

एजेन्सी – गर्मी मौसममा छालाको हेरचाह गर्न निकै कठिन हुन्छ । चर्को घाम र पसिनाका कारण छालामा विभिन्न समस्याहरु देखा पर्छन् ।त्यतिमात्र होइन धुवा धुलो र प्रदुषणले छालाका साथै अनुहारको निखारता पनि हराउन सक्छ । छालाको हेरचाह राम्रोसँग गरिएन भने अनुहार फुस्रो हुने, चाया पोतो आउने लगायतका समस्या पर्न सकछन् । त्यसैले छालाको हेरचाहमा विशेष ध्यान दिन जरुरी छ ।

आजभोलि अनुहार राम्रो बनाउनका लागि पार्लर जाने वा कस्मेटिक उपचार गर्ने प्रचलनमा विकास भएको छ तर त्यसले अनुहारको प्राकृतिक सुन्दरतालाई फिर्ता गर्दैन । त्यसका लागि तपाईले घरमा नै केही उपायहरु अपनाउन सक्नुहुन्छ । यसका लागि निकै उपयोगी हुन्छ, दही । दहीका साथमा नीमको प्रयोग थप उपयोगी हुनजान्छ ।

कसरी बनाउने फेसप्याक ? दही र नीमको फेसप्याक बनाउन सजिलो छ । केही नीमको पात र दही भएमा यस्तो प्याक बनाउन सकिन्छ ।त्यसका लागि केही नीमका पत्ताहरुलाई मिक्सरमा हाल्नुपर्छ । यसमा दुई टेबल चम्चा दही हाल्ने र त्यसलाई राम्ररी मिक्स गर्ने । अब यो पेस्टलाई आफ्नो स्किनमा लगाउने र १५ मिनेटपछि सफा पानीले पखाल्नुपर्छ ।

के फाइदा ? अनुहारमा निखार ल्याउन सहयोगीः यो फेस प्याक भिटामिन्स र पोषक तत्वहरुले भरपूर हुन्छ । यसले हाम्रो स्किन सेल्सलाई स्वस्थ राख्छ र यसले हाम्रो अनुहारमा चमक ल्याउँछ । दाग धब्बालाई कम गर्छः यो प्याकले खराब टिस्यूहरुलाई रिपेयर गर्छ । यसलाई दैनिक लगाउनाले अनुहारको दाग(धब्बा कम भएर जान्छ । घामबाट अनुहारको रक्षाः नीम र दहीको मिश्रणले सनस्कीनको रुपमा पनि काम गर्छ । यसले हाम्रो स्किनलाई खतरनाक यूभी किरणबाट बचाउँछ ।

नीममा एन्टी ब्याक्टेरिया हुने भएकाले यसले खटिरा, डन्डीफोरबाला ब्याक्टेरियालाई मार्छ । स्किन टोनलाई सेतो बनाउँछः यसले ब्लीचिङ एजेन्टको रुपमा पनि काम गर्छ । यसले तपाईंको स्किन टोन सेतो हुन्छ । छालाको रोगहरु पर भगाउँछः दही र नीमको पेस्टले सानातिना छालाका बिमारीहरुलाई ठिक पार्छ । छालालाई नरम बनाउँछः दहीले छालामा मोइस्चराइजरको रुपमा काम गर्छ र छालालाई मुलायम बनाउँछ ।