बिस्फोटमा ३४ जनाको मृत्यु

प्रकाशित मिति:

आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी कम्तिमा ३४ को मृत्यु भएको छ। यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन्। स्थानीय टेलिभिजन नेटवर्क टोलो टेलिभिनले सोमवार विहान व्यस्त समयमा भएको विस्फोटमा परी ३४ जनाको मृत्यु भएको पुष्टि भएको सिन्ह्वाले जनाएको छ। टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतङ्कारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन्।

शुरुमा आतङ्ककारीले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको पनि प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको र केही समयपछि सुरक्षा अधिकारीले सो स्थानमा पुगेका र स्थिति नियन्त्रणमा लिएको जनाइएको छ। आक्रमण भएको यस स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएका र पत्रकारहरुलाई समेत यस इलाका जानका लागि अनुमति नदिएको समाचारमा जनाइएको छ। आक्रमण र यसपछिको अवस्थाको बारेमा प्रहरीले हालसम्म जानकारी गराएको छैन। यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन। घाइतेमध्ये कैयौंको अवस्था चिन्ताजनक भएको र मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ।

विफोस्टसँगै काबुलमा आतंकवादी समूह र अफगानी सुरक्षा फोजबीच गोली हानाहान भएको छ। दुबै पक्षले एकापसलाई लक्षित गरी गोली चलाइरहेको अफगानस्तान न्यूजले जनाएको छ। निर्माणाधिन भवनबाट आक्रमणकारीले गोली चलाइरहेका छन्। त्यस्तै सोमवार नै अमेरिकी दूतावास नजिकै विस्फोट भएको समाचारमा उल्लेख छ।