बालुवा खानी भत्किँदा एक महिलाको मृत्यु

प्रकाशित मिति:

बझाङ – जिल्लाको वित्थडचिर गाउँपालिका–५ ओसैलमा बालुवा खानी भत्केर एक महिलाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । सोमबार बालुवा खानी भत्किँदा वित्थडचिर गाउँपालिका–५ ओसैलकी ३५ वर्षीया चाखुडी महरको मृत्यु भएको हो ।

गम्भीर घाइते हुनेमा सोहि ठाउँकी ३६ वर्षकी कुटुरी महर, ३० वर्षीया गम्भा महर, र २८ वर्षका हरिभान महर रहेको वित्थड प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक धनञ्जय जोशीले जानकारी दिनुभयो ।

वित्थडचिर गाउँपालिका–५ को स्वास्थ्य चौकीको नवनिर्मित भवनको निर्माणका लागि मजदुरी काम गरिरहेका उनीहरु बालुवा निकाल्न लाग्दा माथिबाट ढिस्को खसेर पुरिएका हुन् । घटना भएको स्थानीयले देखेपछि हतारमा तीन जनाको उद्दार गरेका थिए भने एक जनालाई छिटो निकाल्न नसक्दा मृत्यु भएको हो । घाइते तीनै जनालाई स्थानीय देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात नेपालगञ्ज रिफर गरिएको छ ।

थप समाचार