कालिकामा विद्यार्थीहरु सम्मानित

प्रकाशित मिति:

बुटवल –कालिका मानवज्ञान माविले विद्यालयबाट उत्कृष्ट ग्रेड ल्याई एसईई उत्तिर्ण गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयमा सोमवार एक कार्यक्रमको आयोजना गरी विद्यालयबाट चार जिपीए ल्याउने सविना सुवेदी सहितका ३ सय ६७ जना विद्यार्थीलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सामुदायिक विद्यालयहरु समुदायको सम्पत्ति भएको भन्दै त्यसको संरक्षण र संवद्र्धन नागरिकको दायित्व भएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालयको व्यवस्थापन जस्ता कुराहरुले सफलता प्राप्त हुने बताए । विद्यालयका प्राचार्य घनश्याम पाठकले उत्कृष्ट नतिजाका कारण कालिका मानव ज्ञान देशकै सर्वोत्कृष्ट विद्यालयका रुपमा स्थापित भएको भन्दै त्यसको गरिमा कम हुन नदिने बताए । विद्यालयबाट परीक्षामा सहभागि ३ सय ६७ जनाले मध्ये एक जना ४ जिपीए सहित १ सय २६ जनाले ‘ए प्लस जिपीए ल्याएका थिए ।