तिलोत्तमा मेयर कपमा सौभाग्य क्लब विजयी

प्रकाशित मिति:

बुटवल-सौभाग्य युवा क्लब बुटवलले रुपन्देहीको तिलोत्तमामा जारी प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । तिलोत्तमा–१ चपरहट्टी खेल मैदानमा सोमबार भएको खेलमा सौभाग्यले थ्रीस्टार युवा क्लब सैनामैनालाई ६–४ गोल अन्तरले पराजित गरेको हो । सौभाग्यको जितमा सुरज ठकुरीले ४६औं, ५२औं, ५७ आंै र ६१औं मिनेटमा गरी एक्लै चार गोल गरेका थिए भने आशिष रानाले चौथो मिनेट र अनिल क्षेत्रीले ३५औं मिनेटमा गोल गरेका थिए ।

थ्रीस्टारका लागि सौभाग्यका माधव भट्टराईले ११औं मिनेटमा आत्मघाती गोल गरेका थिए भने विकास रेग्मीले १८औं मिनेटमा र अभिशेक पुनले २०औं र ६८औं मिनेटमा गोल गरेका थिए । खेलमा सौभागयका सुरज ठकुरी म्यान अफ द म्याच घोषित भए । मंगलबार सिम्रिक युवा क्लब बुटवल र माउन्ट स्टार युवा क्लब बुटवलबीच प्रतिस्पर्धा हुने आयोजक तिलोत्तमा फुटबल एकेडेमीका विकास गुरुङले जानकारी दिए । २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपैया नगद सहित कप तथा मेडल र उपबिजेता टीमले ५५ हजार रुपैयां नगद र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता अवलोकनका लागि स्थानीय खेलप्रेमीहरुको उपस्थिति बढ्दै गएको एकेडेमीका महासचिव युवराज पराजुलीले बताए ।