एभरेष्टमा बधाई तथा शुभकामना

प्रकाशित मिति:

झबिन्द्र देबकोटा बुटवल –बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङ्गलिस माध्यमिक विद्यालयले एस.ई.ई. परीक्षा २०७५ मा उर्तिण भएका विद्यार्थीका लागि बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । कार्यक्रममा विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै शिक्षा विकास निर्देशनालय प्रदेश ५ का निर्देशक मनोज कुमार गैरेले जिपिए धेरै आएर हौसिने र थोरै आएर हतोत्साहीत हुन नहुने सुझाव विद्यार्थीलाई दिएका छन् ।

उनले परीक्षाले जस्तो सुकै नतिजा दिने भन्दै थोरै धेरै अंक आएका आधारमा विद्यार्थी आत्तिने र मात्तिने गर्न नहुने बताए । उच्च शिक्षा अध्ययनका लागि विषय छनोट प्रमुख विषय भएको उल्लेख गर्दै उनले आफुलाई सजिलो हुने र अध्ययनलाई निरन्तरता दिने विषय रोजेर अध्ययन गर्ने कुरामा जोड दिए ।विद्यालयका प्राचार्य कृष्ण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा अभिभाव संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय संचालक समितिका उपाध्यक्ष भिमप्रसाद श्रेष्ठ, विद्यालयका बरिष्ठ सहायक प्राचार्य माधवप्रसाद आचार्य, शिक्षक कृष्ण चौहान क्षेत्री, विशाल थापा, विद्यार्थी प्रशान्त बस्याल लगायतले एस.ई.ई. परीषामा सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । शिक्षक माधव पौडेलको संचालनमा भएको कार्यक्रममा एस.ई.ई. परीषामा उर्तिण भएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । एभरेष्ट माविबाट एस.ई.ई. परीक्षा २०७५ मा १ सय ४९ विद्यार्थी सम्मिलित भएका थिए ।