जानकी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

प्रकाशित मिति:

बाके –बाँकेको जानकी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि शुरु भएको छ ।गाउँपालिका परिसरमा कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले वडा नं. ४ का ४६ जनाले वृक्षारोपण र सडक मर्मत सम्भारको काम गर्ने गरी रोजगार कार्यक्रम शुरु गरिएको जानकारी दिनुभयो ।उहाँले छनौट भएका योजना अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्य वडामा पनि विस्तार गरिने बताउनुभयो ।

छ वटै वडामा रोजगार कार्यक्रमको योजना बनिसकेकोले गाउँपालिकाभरीनै प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिने प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिनुभयो प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जानकी गाउँपालिकामा ३ हजार जनाले रोजगारको लागि निवेदन दिएको रोजगार संयोजक सीमा चौधरीले बताउनुभयो ।
उहाँका अनुसार, प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको लागि जानकी गाउँपालिकामा रु.३१ लाख प्राप्त भएको छ ।