दुखद खबर ,सर्पले टोकेर एकजनाको ज्यान गयो

प्रकाशित मिति:

बझाङ-बझाङमा सर्पले टोकेर एक जनाको ज्यान गएको छ । जिल्लाको मष्टा गाउँपालिका वडा नं १ निवासी १९ बर्षिया पवन रोकायाको सर्पले टोकेर ज्यान गएको हो ।सोमबार राति केदारस्यु गाउँपालिकाको देउरा बजार स्थित अरूण होटलमा सुतिरहेको बेला राती ३ बजे सर्पले उनलाई टोकेको थियो । सर्पले टोक्ने बितिक्कै जिल्ला अस्पताल सिमखेतमा लगिएका रोकायाको उपचारको क्रममा अस्पतालमै मृत्यु भयको हो ।

कानमा सर्पले टोकेको र अस्पताल ल्याउन ढिलो भएका कारण उपचार सम्भव नभएपछि रेफर गर्न नपाउँदै उनको ज्यान गएको हो । यसैबीच हिजो नै जिल्लामा रहेको सग्राम सार्दुल गुल्मका एक जना सैनिकलाई पनी सर्पले डसेको थियो ।