सामाजिक परिचालक कर्मचारी संघ द्धारा विभिन्न माग सहित आन्दोलन

प्रकाशित मिति:

नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नम्बर ५ ले विभिन्न माग सहित वुधवार बुटवलमा ¥याली निकालेको छ । नेपाल सरकारले पहिला देखि कार्य गर्दै आएका देशभरका सामाजिक परिचालकहरुलाई असार महिनाबाट पदमुक्त गरको भन्दै पुनह काम गर्ने वातावरणको मग गर्दै नेपाल सामाजिक परिचालक संघ प्रदेश नम्बर ५ ले वुधवार वुटवलमा विरोध सोरुप ¥गाली निकालेको हो । ९ बर्षअघिदेखि कार्य गर्दै आएका देशभरका सामाजिक परिचालकहरुलाई असार मसान्तबाट पदमुक्त गरको भन्दै उनीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।सरकारको सम्पूर्ण सेवा सुविधा उपलब्ध गराई हाललाई कार्यालय सहायक पदमा म्याद थप गरी निरन्तरता दिनुपर्ने र योग्यताको आधारमा एक पटक उमेरको हद नलाग्ने गरी दरबन्दी सृजना गरी स्थानिय तह कर्मचारीमा समायोजन गर्न पर्ने संघकी प्रदेश ५ संयोजक रोमा क्षेत्रीले बताउनुभयो ।विगत ८, ९ बर्ष देखि निरन्तर देशमा जनप्रतिनिधी नभएको समयमा जनप्रतिनिधको दायित्वबोध गर्दै काम गरेको तर अहिले जनप्रतिनिधि आएपछि आफुहरुलाई हटाउन खोज्नु षड्यन्त्र भएको प्रदेशका सचिव टोप बहादुर घर्तीले जानकारी दिनुभयो ।प्रदेश ५ मा ८४५ जना सामाजिक परिचालकहरु छन् । आफ्ना माग पुरा नभएमा आन्दोलनका अरु कार्यक्रम जारी राख्ने संघले जनाएको छ । उनीहरुले रामनगरबाट मुख्यमन्त्री कार्यालयसम्म र्याली निकालेका हुन् ।