कपिलवस्तुको माछापुछ्रे एग्रोमा आगलागी, एक करोड ५० लाखको क्षती

प्रकाशित मिति:

कपिलवस्तु-कपिलवस्तुमा रहेको माछापुछ्रे एग्रोमा आगलागी भएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ३ मा अवस्थित माछापुच्छ्रे एग्रोमा आगलागी भएको हो ।आगलागीबाट १ करोड ५० लाखको क्षत्री भएको बताईएको छ । मंगलबार बिहान ३ बजे बिद्युत सर्ट भई माछाको दाना बनाउने मेशिनमा आगलागी भएको हो ।

आगलागी हुन साथ ईलाका प्रहरी कार्यलय पिपरालाई खबर गरिएको थियो । खबर प्राप्त गर्न साथ पिपराबाट गएको प्रहरी टोली, दमकलको सहयोगमा एक घण्टा पछि आगो नियन्त्रणमा आएको हो ।आगलागीबाट मेशिन पुर्ण रुपमा जली नष्ट भएको छ भने मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।