यद्यद्विभुतिमत्सत्वं श्रीमदुर्जितमेव वा । तत्तद्देवावगच्छ तब मम तेजोंशसम्भवम ।।

सम्पुर्ण ऐश्वर्य , सौन्दर्य र यो गौरवशाली सृष्टि , मेरा तेजको एउटा झिल्काबाट उत्पन्न भएको हो भन्ने कुरा तिमिले बुझ ।

प्रकाशित मिति:

यतयत – जुन जुन , बिबुतिमत – ऐश्वर्यले युक्त , सत्त्वम – अस्तित्व ,श्रीमत – सुन्दर , उर्जितम – गौरवशाली , एव – निश्चय नै , अथवा , तत्तत – ती सबै , एव – निश्चय नै , अवगच्छ – जान्नुपर्छ त्वम – तिमिले , मम – मेरो , तेज : – तेजको , अंश – अंशबाट , सम्भवम – उत्पन्न भएको ।

सम्पुर्ण ऐश्वर्य , सौन्दर्य र यो गौरवशाली सृष्टि , मेरा तेजको एउटा झिल्काबाट उत्पन्न भएको हो भन्ने कुरा तिमिले बुझ ।

तात्पर्य : आध्यात्मिक जगतमा होस वा भौतिक जगतमा , कुनै पनि तेजस्वी वा सुन्दर सृष्टि देखिन्छ भने त्यसलाई कृष्णकै बिभुतीको एउटा अंशप्रकाश मान्नुपर्छ । कुनै पनि बस्तु यदि असाधारण किसिमको ऐस्वर्यले सम्पन्न छ भने त्यस्लाई कृष्णकै बिभुतीको प्रतिनिधि रुप मान्नुपर्छ ।
श्रीमद्भगवद् गिता यथारुपको केही अंश

प्रस्तुती : राम भण्डारी