बिरामी पोमनारायणलाई उद्धार गरी घर ल्याईयो

प्रकाशित मिति:

सुरेन्द्र परियार । युएई ।
बिगत एक महिना देखि शक्त बिरामि भइ थला परेका सैनामैनाका एक जनाको युएई दुबइबाट उद्दार गरिएको छ ।रोजगारिको शिलशिलामा एकदशक बढि समयदेखि युएईमा काम गर्दै आएका सैनामैना वडा नं ८ का ५४ बर्षिय पोमनारायण अधिकारी अकस्मात बिरामी भइ उठबस् गर्न समेत नसक्ने अबस्थामा पुगेपछि उनलाई सैनामैना सेवा समाज युएईको विशेष पहल एबं सकृयतामा उद्दार गरि स्वदेश फिर्ता गराईएको छ ।

पिडित पोमनारायणले बिगत १ महिनादेखि अकस्मात शरिरको तल्लो भाग नचल्ने अबस्थामा पुगेपछि आफ्नो ज्यान रक्षा गरि सकुशल स्वदेश फिर्ता गरिदिन भन्दै युएईमा सकृय सामाजिक संस्थाहरूमा सहयोगको याचना सहित अनुरोध गरेका थिए।

दिशा पिसाब सम्म गर्न नसक्ने अबस्थामा पुगेको खबर पाएपछि सैनामैना सेवा समाजले आफ्नो विशेष सकृयतामा अन्य संस्थाहरूसंग समन्वय गरि उनको उपचार एबं उद्दार गरि नेपाल फिर्ता गर्न सफल भएको समाजका अध्यक्ष राम प्रसाद पाण्डेले बताउनुभयो ।

युएई स्थित नेपाली दुतावास एबं एनआरएनको समन्वयमा पोमनारायणको उपचार गरि स्वदेश पठाइएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । उपचारका क्रममा दुतावाशका तर्फबाट प्रतिनिधि सागर फुइयाल, एनआरएनका तर्फबाट अध्यक्ष रमेश श्रेष्ठ, राजन खतिवडा र सैनामैना सेवा समाजका तर्फबाट अध्यक्ष राम प्रसाद पाण्डे, सल्लाहकार बिष्नु न्यौपाने, उपाध्यक्ष कृष्ण प्रसाद पाण्डे, सचिब युबराज भट्टराई लगायतले भेट गरेका थिए ।

पिडित पोमनारायणको शरिरको पछिल्लो भागमा नशा सम्बन्धि समस्या देखिएको र अपरेसन मार्फत उपचार गरिएको छ । उनको उपचार खर्च र स्वदेश ल्याउनका लागि समाजका सचिब युबराज भट्टराईको नेतृत्वमा ञआर्थिक संकलन अभियानझचलाइ आवद्द सदस्यहरू एबं अन्य केही समाजिक संस्था, व्यक्तिहरूमार्फत सहयोग रकम संकलन गरि उद्दार गरिएको हो ।

समस्याबाट पिडित उनको बैधानिक भिषा नभएकाले उपचार प्रकृयामा केही जटिलता आएपनि दुतावास र एनआरएनको समन्वयबाट पोमनारायणलाई केही दिन अस्पताल भर्ना गरि उपचार गरिएको भन्दै अध्यक्ष पाण्डेले उनको उपचारमा सहयोग एबं समन्वय गर्ने सबै संस्था एबं व्यक्तिहरूमा आभार व्यक्त गर्नुभयो।

केही दिनको उपचार पश्चात् उनलाइ लागि बुधबार समाजका उपाध्यक्ष कृष्ण प्रसाद पाण्डेयको सहायतामा युएईबाट काठमाडौं ल्याइ परिवारको जिम्मा लगाईएको छ । परिवारसंगको भेट पश्चात् आफुमा भएको पीडामा केही राहत महसुस भएको पोमनारायणले बताए । उनले बिदेशमा आफु शक्त बिरामि हुदा नेपालित्व भावना भएका मनहरूमार्फत ठुलो सहयोग भएको भन्दै सैनामैना सेवा समाज एबं सबैलाई धन्यवाद दिए । हाल परिवारको रहोबरमा उनको काठमाडौंमा थप उपचार भएको छ ।

उनी बिगत १३ बर्षदेखि युएईको एक सेक्युरिटी कम्पनीमा कार्यरत थिए ।