३३ किलो सुन प्रकरण : एक न्यायाधीशको जागीर गयो

१७ असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
0 Shares


काठमाडौँ – साँढे ३३ किलो सुन तस्करी र सनम शाक्या हत्या प्रकरणमा एक जना न्यायाधीशको जागिर चट भएको छ भने दुइ न्यायाधीशको बढुवा रोकिएको छ । न्याय परिषदले साँढे ३३ किलो सुनको अवैध चोरी निकास तथा सनम शाक्य हत्या प्रकरणको थुनछेकमा बदनियत गरेको अभियोगमा उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंहलाई बर्खास्त गरेको हो ।

सोमबार साँझ बसेको परिषद बैठकले सिंहलाई बर्खास्त गर्ने र अन्य दुइको बढुवा रोक्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । प्रकरणमा जोडिएका अन्य दुई न्यायाधीशको दुई वर्ष बढुवा रोक्काको निर्णय भएको छ। कार्यशैलीप्रति सचेत गराउँदै न्यायाधीशद्वय थीरबहादुर कार्की र साधुराम सापकोटाको बढुवा रोक्का गरिएको हो।

उच्चका आदेश र सुनुवाइ प्रक्रिया विवादित बन्दै गएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निर्देशनमा न्याय परिषदका तत्कालीन सचिव नृपध्वज निरौला नेतृत्वको टोलीले विराटनगर पुगेर अध्ययन गरेको थियो। अध्ययन प्रतिवेदन अनुसार परिषदले उच्चका आठ न्यायाधीशलाई माघदेखि काजमा राखेर अनुसन्धान प्रक्रिया थालेको थियो। पाँच महिनापछि छानबिन प्रक्रिया टुंगिएको छ । –न्युजअफनेपाल 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • हरेक महिलाले राख्छन् पुरुषबाट यस्तो अपेक्षा
  • जागिरमा कसरी सफलता पाउने ? राशि अनुसारको गुडलक टिप्स हेर्नुहोस
  • प्रधानमन्त्री ओलीको मिर्गौला कार्यक्षमतामा ह्रास
  • बिनादर्ताका हजार भन्दा बढी औषधि बजारमा, फिर्ता गर्न चेतावनी
  • स्वतन्त्रता दिवसका दिन अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम विष्फोट
  • गणेश भगवानको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस