माधव नेपाल भन्छन – सरकार धेरै अलोकप्रिय भयो !

१७ असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
29 Shares


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले सरकार दिनप्रतिदिन अलोकप्रिय बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । एकपछि अर्को गर्दै सरकारका कामकारबाहीहरु अलोकप्रिय बन्दै जानु देशकै लागि चिन्ताको विषय भएको नेपालको भनाइ छ ।

मंगलबार काठमाडौंमा आयोजित पूर्व सांसद मञ्च नेपालको १९ औ साधरण सभालाई सम्बोधन गर्दे नेता नेपालले पुर्वाधार विनाका योजना घोषणा, मनपरि नियुक्ति तथा अवकास लगायत सरकारका क्रियाकलावका कारण जनतामा असन्तुष्टि बढ्दै गएको बताए ।न्युनतम पुर्वाधार विना नै विदेशी मुलुकको विकासको नक्कल गर्न खोज्दा समस्या सिर्जना भएको नेपालले टिप्पणी गरे ।

पार्टीभित्रको आन्तरिक विवादतर्फ संकेत गर्दै नेता नेपालले ‘व्यवहारमा पुष्टि नहुने सिद्धान्त सही सिद्धान्त नहुने’ भन्दै परिवर्तनको आवश्यकता रहेको बताए । नेतृत्व विचारमा रहेको विविधितालाई सकरात्मक रुपमा लिएर आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्ने पनि नेता नेपालको भनाइ थियो । ‘कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ । सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छ । व्यवहारले सही सावित गर्यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्दछ,’ नेपालले भने, ‘व्यवहारले ठीक ढंगले पुष्टि गर्न सकेन भने त्यो सिद्धान्तलाई परिर्माजित गर्नुपर्ने आवश्यकता पर्छ ।’

नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डको विषयमा भएका विभिन्न टिप्पणीहरुको सन्र्दभमा बोल्दै नेपालले भने, ‘मुलुकका लागि हुने लाभ हानीको विश्लेषण गरि निर्णय गर्नु पर्छ ।’‘आफ्नो देशको साधनहरु संयन्त्रहरुलाई प्रतिकूल असर नपरोस् भनेर सोच्नुपर्छ । राष्ट्रिय पूँजी मासिएर विदेशी पूँजीहरु फस्टाउने । नेपालीहरुले दुख पाउने विदेशीहरुले रमाउने, त्यस्तो तरिका अपनाउने होइन,’ नेपालले अगाडि भने, ‘नेपालको उद्योगधन्दाहरु धरासायी हुने, विदेशीहरुका उद्योगहरु एकदम लहलहाउने स्थिति होइन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान
  • अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास
  • रवि लामिछानेको समर्थनमा बुटवलमा भब्य प्रदर्शन, हजारौंको उपस्थिति
  • लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव हुने
  • ‘ग्रिनल्याण्ड’ किन्ने कुरा नमिले पछि अमेरिकी राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण…
  • ‘बादशाह जुट’ को अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक
  • कृर्षिजन्य बस्तुको आयातमा नियमन र नियन्त्रण गर्नुपर्नेमा जोड
  • रवि लामिछानेको रिहाईको माग गर्दै देशभर प्रदर्शन : वुटवलमा उर्लियो…
  • भ्रामक समाचार राख्ने युट्युबर र वेवसाइटलाई घरघर गएर कार्वाही गर्छौ…
  • कारबाहीको माग गर्दै स्थानियद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन