दुई ओटा पसलमा आगलागी

१७ असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया

File

धादिङ – धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ गल्छि बजारमा रहेको दुई ओटा पसलमा आगलागी भएको छ । मंगलबार बिहान २ बजे लागेको आगोले गल्छि चोकमा रहेका मिठाई पसल र एक ओटा भाँडा पसलमा आगलागी भएको गजुरी प्रहरीले जानकारी दिएको छ । प्रमोद शाह कल्वालले सञ्चालन गर्दै आएको राहुल स्विट तन्दुरी एण्ड चार्ड हाउस र बबिता कुमारी शाहले सञ्चालन गरेको नमस्ते ईन्टरप्राईजेज भाँडा पसलमा आगलागी भएकोे हो ।

आगलागीबाट मिठाई पसलमा रु १० लाख बराबरको क्षति भएको र भाँडा पसलमा ४० लाख बराबरको क्षति भएको बैरेनी प्रहरीले जानकारी दिएको छ । आगलागी के कारण भएको हो र अन्य जानकारीका लागी प्रहरीले अनुसन्धान गरिरहेको गजुरी प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया